काठमाडौँ । दशैँको मुखमा देशभर बाढी पहिरोले वितण्डा मच्चाउँदा हवाई भाडा दोब्बरले महँगिएको छ । सडक अवरुद्ध भएको मौका छोपेर हवाई भाडा दोब्बरले बढाएको पाइएको हो ।
अधिकांश एयरलाइन्सले हवाई भाडा बढाएको गुनासो बढ्न थालेको छ । सबै एयरलाइन्सले केही मात्रामा भाडा बढाएपनि यति एयरलाइन्सले भने भाडा दोब्बरले बढाएको छ ।
देशको मुख्य राजमार्ग नै अवरुद्ध हुँदा हवाई उडानमा चाप देखिएको छ । काठमाडौँ जोड्ने सबै सडक ठप्प हुँदा दशैँमा गाउँ घर जाने यात्रुले हवाई यात्रालाई प्राथामिकतामा राखेका छन् ।
पछिल्लो तिन दिनयता नियमित वर्षा हुँदा उडान नियमित समेत हुन नसकेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । जसका कारण यात्रुले टिकट पाउनै पनि मुस्किल भएको छ । टिकट पाइहाले पनि दोब्बर शुल्क तिर्नु परेको यात्रुहरूले गुनासो गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्