काठमाडौँ । असोज १० र ११ गते लगातार परेको झरीका कारण सडक अवरुद्ध हुँदा ढुवानी गरिएका आलु बाटोमै कुहिएका छन् । खासगरी भारतबाट आयात गरिएका आलु समयमा ढुवानी नहुँदा र पानीले भिजेपछि अधिकांश आलु बाटोमै कुहिएका हुन् ।
अहिले व्यापारीहरुले केही सद्दे आलु घाममा सुकाउन थालेका छन् ।
झरीले भिजाएका आलु समयमै सुकाउन नपाएपछि लाखौँ मूल्य बराबरको आलु कुहिएर खेर गएको व्यापारीहरुले बताएका छन् । हाल कालिमाटी फलफूल तथा तरकारी बजारमा ढुवानी गरिएका आलुहरुमध्ये कुहिएका आलु फाल्ने र सद्दे आलु सुकाउने काम भइरहेको छ ।
यसो त नेपालमा भारतको गुजरात र पञ्जाब लगायतका शहरबाट आलु आयात हुँदै आएको छ । यसरी आयात गरिने आलु प्रतिकेजी ५७ देखि ५८ रुपैयाँ पर्छ । तर, अधिकांश आलु बाटोमै कुहिँदा लाखौँको घाटा भएपछि घाटा सन्तुलन गर्नका लागि अहिले आलुको बजार मूल्य महँगिएको व्यापारीहरुको भनाई छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्