×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टक्सार विभागमा असर्फी किन्नेको घुइँचो…(तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

टक्सार विभागमा असर्फी किन्नेको घुइँचो…(तस्विरहरु)

Artha Sarokar

१३ कार्तिक २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार सुनको सिक्का (असर्फी) बिक्री गर्दैछ । काठमाडौँ बबरमहलस्थित टक्सार विभागबाट राष्ट्र बैंकले असर्फी र चाँदीको सिक्का बिक्री गरिरहेको हो ।

असर्फीका लागि सर्वसाधारण बिहान ६ बजेदेखि नै लाइनमा लागेका छन् । राष्ट्र बैंकले आज (मंगलबार) मात्र असर्फी बिक्री गर्न लागेको हो ।

गुणस्तरीय सुन अभाव भएकाले थोरै असर्फी बनाइएको राष्ट्र बैंकले बताएको छ । यही कारण आज जो पहिले आउँछ उसैले पाउने गरी असर्फी बिक्री गरिरहेको छ । प्रतिव्यक्ति पाँच थान चाँदीको सिक्का बिक्री भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकि तस्विरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी