काठमाडौँ । लगातारको झरीपछि आएको बाढीका कारण पनौतीको भूमेडाँडा खण्डहर बनेको छ । पानौती नगरपालिका-१२ स्थित रोशी खोला किनारमा रहेको भूमेडाँडा बस्ती खण्डहर बनेको हो ।
रोशी खोलामा आएको बाढी बस्तीमा पसेपछि बस्तीका अधिकांश घरहरु बाढीले बगाएको छ । घरहरु बाढीले बगाएपछि बस्ती बगरमा परिणत भएको छ भने बाँकी रहेका घरहरु पनि बस्न नमिल्ने अवस्थामा छन् ।
बाढीले किसानले खेतबारीमा लगाएका अन्नबाली र खोला छेउमा रहेका घर, स्कुल, पाटी, पौवा तथा भौतिक संरचनामा पूर्ण रुपमा क्षति गरेको छ । भौतिक संरचनासँगै बाढीले टिप्पर, डोजर लगायतका सवारी साधन पनि बगाएको छ । हाल घर, जग्गा, सम्पत्ति सबै गुमाएका स्थानीयहरु राज्यको राहत र उद्धारको पर्खाइमा छन् ।
तर, बाढीले सबथोक बगाएको ६ दिन बित्दा पनि भूमेडाँडामा राज्यको उपस्थिति नभएको स्थानीयले गुनासो गरेका छन् । बाढीपहिरोमा परी नगरक्षेत्रभित्र २० जनाको निधन भएको पनौती नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार बाढीपहिरोमा परेर नगरपालिका भित्र १ हजार भन्दा बढी घर क्षतिग्रस्त भएका छन् भने क्षतिको विवरण आउन भने बाँकी छ । तस्विरमा हेर्नुहोस् बाढीले खण्डहरमा परिणत गरेको भूमेडाँडा बस्तीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्