काठमाडौँ । ललितपुर महानगरपालिकाले बागमती नदी किनार सफा गर्न सुरू गरेको छ । असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण आएको बाढीले नदी किनारमा जम्मा भएको फोहोर ललितपुर महानगरपालिका, वडा, स्थानियहरु र नेपाल प्रहरी मिली सफा गर्न सुरू गरेका हुन् ।
आइतबार बिहान ७:३० बजेबाट बागमती नदी, नख्खु खोला, बालकुमारी क्षेत्रका नदीहरूको सफाई गरिएको हो ।
बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा र कागजजन्य फोहर संकलन गर्ने र नदी किनारा सफा गर्ने काम भईरहेको महानगर प्रमुख चिरिबाबु महर्जनले बताएका छन् । बाँकी तस्विरमा हेर्नुहोस् :