×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकको नाफा सबैभन्दा धेरै, कुनकुन बैंकको नाफा १ अर्ब माथि ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नबिल बैंकको नाफा सबैभन्दा धेरै, कुनकुन बैंकको नाफा १ अर्ब माथि ?

Artha Sarokar

७ कार्तिक २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेका छन् । जसमध्ये सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । नबिलले सबैभन्दा धेरै २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

नबिल बैंकपछि सबैभन्दा धेरै नाफा ग्लोबल आइएमई बैंकको रहेको छ । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्म १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

त्यस्तै, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, एनएमबी बैंक र एभरेष्ट बैंकको खुद नाफा पनि एक अर्ब माथि रहेको छ । समीक्षा अवधिमा यी बैंकहरुको खुद नाफा क्रमशः १ अर्ब ४ करोड, १ अर्ब २८ करोड, १ अर्ब ७ करोड, १ अर्ब १४ करोड र १ अर्ब १२ करोड रुपैयाँ रहेको छ । 

त्यस्तै, समीक्षा अवधिमा लक्ष्मी सनराइज बैंकले ५३ करोड ६३ लाख, नेपाल एसबीआई बैंकले ८१ करोड रूपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८६ करोड २२ लाख, सिद्धार्थ बैंकले ३८ करोड र नेपाल बैंकले ६० करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी