काठमाडौँ । एक बोरा चामलमा २ रुपैयाँ छुटको स्किम ल्याएपछि भाटभटेनी सुपरमार्केटको चौतर्फी आलोचना भएको छ ।
भाटभटेनीले दशैँलाई लक्षित गर्दै ‘दशैँ अफर’मा एक बोरा चामल किन्दा २ रुपैयाँ छुटको स्किम सार्वजनिक गरेसँगै त्यसको चौतर्फी आलोचना भएको हो ।
अझ भाटभटेनीले उक्त एक बोरा चामलमा २ रुपैयाँ छुटको स्किमलाई ‘बडा दशैँ, बडा अफर’ भन्दै व्यापक प्रचारबाजी गरिरहेको छ । भाटभटेनीको उक्त स्किम र चर्को प्रचारबाजीले जनता गिज्याउने काम गरेको भन्दै भाटभटेनीको आलोचना भइरहेको छ ।
भाटभटेनीले ३ हजार १ सय ५१ रुपैयाँ पर्ने आरती प्रिमियम चामलको एक बोरा (२० किलो) लाई दशैँ अफरमा २ रुपैयाँ छुटसहित ३ हजार १ सय ४९ रुपैयाँमा बेचिरहेको छ । तर, २ रुपैयाँ छुटको स्किमलाई बडा अफर भनेर प्रचारबाजी गरेपछि भाटभटेनीको चौतर्फी आलोचना भएको हो । हाल भाटभटेनीको उक्त अफर सामाजिक सञ्जालमा ‘ट्रोल’ बनेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्