काठमाडौँ । बुद्ध एयरले हवाई टिकटको भाडादर इटिड गरेर महँगो बनाई गलत प्रचारबाजी भएको बताएको छ । आइतबार सामाजिक सञ्जाल फेसबुकमा महँगो भाडादरबारे आफ्नो धारणा पोष्ट गर्दै बुद्ध एयरले यस्तो बताएका हो ।
बुद्ध एयरले डिजिटल्ली टिकटमा अंकित रकम इडिट गरेर मूल्य बढी बनाई रकम असुलेको भन्दै गुनासो गरेकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
‘हवाई टिकटमा अंकित रकमलाई डिजिटल्ली एडिट गरेर बढी बनाई रकम असुलेको गुनासोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यात्रु महानुभावहरुले टिकटको वास्तविक मूल्य बुझ्न बुद्ध एयरको वेबसाइटको बाट सजिलै चेकजाँच गर्न सक्नुहुनेछ ।’, बुद्ध एयरले लेखेको छ ।
दशैँ नजिकिएसँगै हवाई टिकटमा दोब्बरले वृद्धि भएपछि नागरिकहरुले एयरलाइन्स कम्पनीहरुको चर्को विरोध गर्दै आएका छन् । केही दिनअघि चर्को भाडा असुलेको भन्दै यात्रुहरुले यति एयरलाइन्सको काउन्टरमा तोडफोड नै गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्