Skip to content
LAXMI SUNRISE BANK

सेयर बजारबाट ३ महिनामा ७ अर्ब पुँजीगत लाभकर संकलन

अर्थ सरोकार

काठमाडौँ । पछिल्लो तीन महिनामा सेयर बजारबाट सरकारले झण्डै साढे ७ अर्ब रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको छ । सीडीएस एण्ड क्लियरिङका अनुसार यसअवधिमा सरकारले ७ अर्ब ४० करोड १२ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको हो ।

जसमध्ये सबैभन्दा धेरै साउनमा ४ अर्ब २३ करोड ५३ लाख रुपैयाँ संकलन भएको सीडीएससीको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, भदौमा २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ र असोजमा ५८ करोड ६५ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको सीडीएससीले जनाएको छ । भदौको तुलनामा असोजको संकलन भएको पूँजीगत लाभकर ७७ प्रतिशत कम हो ।

हाल व्यक्तिगत सेयर लगानीकर्ताले सेयर खरिद गरेको १ वर्षभन्दा कम समय होल्ड गरेर बिक्री गर्दा नाफाको ७.५ प्रतिशत र १ वर्षभन्दा बढी अवधि होल्ड गरेर सेयर बिक्री गर्दा नाफाको ५ प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK