×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खस्कियो दशैँ बजार, उत्साहित छैनन् व्यापारी…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

खस्कियो दशैँ बजार, उत्साहित छैनन् व्यापारी…

१८ आश्विन २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँ उपत्यकाका मुख्य बजारमा दशैँको किनमेल गर्नेको संख्या घटेको व्यापारीहरुले दुखेसो पोखेका छन् । दशैँको मुखमा अविरल वर्षापछि आएको बाढी पहिरोका कारण गाउँ जानेहरुको संख्या घटेसँगै व्यापार पनि घटेको व्यापारीहरुको भनाइ छ । 

बाढी पहिरोअघि दशैँ बजार बिस्तारै बढेपनि राजमार्गहरु अवरुद्ध भएपछि भने व्यापारमा कमी आएको व्यवसायीहरुको भनाइ छ । 

उपत्यकाका मुख्य बजारहरु असन, न्युरोड, महाबौद्ध, भोटाहिटी, ललितपुरको मंगलबजार, लगनखेल, भक्तपुरको मुख्य बजार क्षेत्रमा किनमेल गर्नेहरुको संख्या विगतको तुलनामा कम देखिएको छ । असनका व्यापारी लक्ष्मण भुसालले पहिलेको तुलनामा यसवर्ष व्यापारमा ह्वात्तै कमी आएको बताएका छन् ।

‘आर्थिक मन्दी त छँदै थियो, त्यसबीचमा बाढीपहिरो आयो । राजमार्ग अवरुद्ध भएपछि सामान आइपुग्न सकेन । अर्डर गरेको सामानहरु बाटोमै अलपत्र परेको छ ।’, उनले भने, ‘नेपालमा पैसा कमाउने वातावरण नै छैन् । देशसँग नै पुँजी छैन् । विदेशबाट कमाएर ल्याएर किनमेल गर्नुपर्ने छ र यही पैसा कमाएर खुलेर सपिङ गर्ने अवस्था देखिएको छैन ।’

त्यस्तै, काठमाडौँ महानगरमा फुटपातका पसलहरु हटेका कारण पनि बजार खस्किएको व्यापारीहरुको भनाइ छ । ‘पहिलेपहिले पसलका सामानहरु फुटपाथका व्यापारीले उठाइदिन्थे । अहिले त्यस्तो छैन । किनमेल गर्न आएकाहरु पर्यटकजस्ता छन् । भीडभाड नै छैन ।’, अर्का एक व्यापारीले भने, ‘सामान डेलिभर गर्न पनि एक हप्तासम्म लाग्ने गरेको छ ।’  

हाल काठमाडौँ उपत्यकाभित्रका पसलहरुमा ७० प्रतिशतले व्यापार घटेको व्यापारीहरुको भनाइ छ । विगतका वर्षहरुमा जस्तो यस वर्ष आर्थिक मन्दी र बाढी पहिरोको दुवै प्रभावले ब्यापार घटेको व्यापारीहरुको भनाइ छ । दशैं लागेसँगै बजारमा ग्राहकहरु बढ्ने र व्यापारीहरुलाई केही राहत मिल्ने आशा भएपनि बाढी पहिरोका कारण बजार थप प्रभावित भएको गुनासो गरेका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी