Skip to content
LAXMI SUNRISE BANK

दशैँलाई बिदाई गरेसँगै धान भित्र्याउने चटारोमा किसान… (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । दशैं सकिए लगत्तै अहिले देशका अधिकांश किसान धान काट्ने र भित्र्याउने काममा व्यस्त छन् । मानो रोपेर मुरी भित्राउने यो समयमा कीर्तिपुरस्थित योरो फाँटमा लगाईएको धान काट्ने र चुट्ने काममा व्यस्त हुन थालेका किसानहरूको मुहारमा पनि खुसी देखिएको छ ।

यस वर्ष मनसुनले साथ दिँदा नेपालमा धान रोपाइँ लगभग समयमै सकिएको थियो । कृषि विभागका अनुसार यस वर्ष कुल धान रोपाइँ हुने जमिनमध्ये १३ लाख ४९ हजार हेक्टरमा रोपाइँ भएको गत वर्षभन्दा यो वर्ष मनसुन सक्रिय हुँदा धान रोपाइँ समयमा नै सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका जानकारी दिएको छ ।

पर्याप्त सिँचाइ सुविधा नहुँदा धान रोप्न आकाशे पानीको भर पर्नु पर्ने भएतापनि यस वर्ष पर्याप्त पानी परेकाले धान रोपाइँ पनि छिटो सकिएको थियो । बाँकी तस्विरमा हेर्नुहोस् : 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK