×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिहारका लागि दियो बनाउन भ्याइनभ्याइ… (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

तिहारका लागि दियो बनाउन भ्याइनभ्याइ… (तस्विरहरु)

Artha Sarokar

५ कार्तिक २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अघिपछि अल्लि फुर्सदमा हुने भक्तपुरका ‘कुम्हः’ अर्थात् कुमालेहरुलाई अहिले भ्याइनभ्याइ छ । पोटरी स्क्वायरको नामले चिनिने भक्तपुरको बोलाछें तालाक्व टोलका प्रजापति समुदायका उनीहरू आफ्नो पुर्खौली पेशाअन्तर्गत माटोका भाँडाकुँडाहरु बनाउँछन् उनीहरु धुपौरो, दियो, गाग्री, आरी, गमला, स्ट्रे लगायत सजावटका विभिन्न सामान बनाउँछन् । तर, अहिले भने उनीहरुलाई तिहारमा बत्ती बाल्न चाहिने पाला बनाउन भ्याइनभ्याइ छ ।

तिहारमा झिलिमिली बनाउने बिजुली बत्ती आए पनि पालाको प्रयोग घटेको छैन । पालामा तेल र बाती राखेर बाल्ने परम्परा घरघरमा अहिले पनि कायमै छ । वर्षेनी तिहार आएपछि पालाको माग धेरै नै हुने गरेको छ ।

अहिले सामान्य पालाको मुल्य १२ वटाको ४० रुपैयाँ अनि फुलरबुट्टावाला पालाको १ वटाको २० रुपैयाँमा बिक्री भईरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी