×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ट्रम्पको सम्पत्तिमा व्यापक वृद्धि, कुल सम्पत्ति झण्डै ९ खर्ब !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ट्रम्पको सम्पत्तिमा व्यापक वृद्धि, कुल सम्पत्ति झण्डै ९ खर्ब !

Artha Sarokar

११ कार्तिक २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको सम्पत्ति झण्डै ९ खर्ब पुगेको छ । व्यसायीसमेत रहेका ट्रम्पको सम्पत्ति ७.५ प्रतिशतले बढेर झण्डै ९ खर्ब पुगेको हो ।

यसअवधिमा ट्रम्पको सम्पत्ति ४५ करोड ९० लाख अमेरिकी डलरले बढेको छ ।

योसँगै उनको कुल सम्पत्ति ६ अर्ब ६० करोड अमेरिकी डलर (८ खर्ब ८९ अर्ब ७० करोड ११ लाख २० हजार रुपैयाँ) पुगेको छ । ट्रम्पको ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुप (डीजेटी)को सेयर मूल्यमा तीव्र वृद्धि हुँदा उनको सम्पत्ति पनि बढेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्पको सम्पत्ति पछिल्लो मध्य सेप्टेम्बरयता मात्रै २ अर्ब ५० करोड अमेरिकी डलरभन्दा बढीले बढेको छ । हाल ट्रम्प अमेरिकाको राष्ट्रपतिका उम्मेदवारसमेत हुन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी