काठमाडौँ । नेपालमा आयात भएका सेरेस ब्राण्डका इभि गाडीहरु कति सुरक्षित, कति असुरक्षित भन्ने बहस चलिरहेका बेला सेरेस ब्राण्डको विद्युतीय गाडीमा आगलागी । काठमाडौंको सितापाइलामा सडक छेउमा पार्किङमा राखिएको सो गाडीमा आगलागी भएको हो ।
सीआरभी सितापाइलाका प्रहरी सहायक निरीक्षक शशीकुमार मण्डलका अनुसार बागमती प्रदेश ०१-०२९ च ५९५० नम्बरको सेरेस थ्री ईभीमा आगो लागेको हो । गाडीमा एक्कासी आगो लाग्दा गाडीको अधिकांश भागमा क्षति पुगेको छ । गाडीमा भएको प्राविधिक कमजोरीका कारण तारा शर्ट भई गाडीमा आगो लागेको हुनसक्ने आशंका गरिएको छ ।
गाडीमा आगो लागेपछि कम्पनीले पनि अनाधिकृत ठाउँमा मर्मत गरेका कारण यस्तो भएको भन्दै उम्किन खोजेको छ ।
गाडीमा आगो लागेपछि सेरेस ब्राण्डका गाडीहरु चढ्दा ख्याल गर्नुपर्ने गाडीका प्रयोगकर्ताहरु बताउँछन् । ‘परिवार नै एकै चिहान बन्न सक्ने देखियो । सेरेस ब्राण्डका गाडीहरु किन्दा ख्याल पुर्याउनुपर्ने देखियो ।’ काठमाडौँका विभिन्न मर्मत केन्द्रका कर्मचारीहरुले अर्थ सरोकारसँग भने, ‘नेपालमा आएका गाडीमा विभिन्न खालका डिफल्ट छन् भन्ने सुनिएको थियो, आजको घटनाले त्यसलाई पुष्टी गरेको हो कि भन्नसक्ने ठाउँ दिएको छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्