काठमाडौँ । अनुमति बिना कसैको लेख, फोटो, संगित, चलचित्र र गीत कपी गरे दुई वर्षसम्म कैद सजाय हुन सक्ने भएको छ । नेपाल प्रहरीले जनचेतनामूलक भिडियो सन्देश सार्वजनिक गर्दै सर्जकको अनुमति बिना सृजना चोरी वा कपी गरे दुई वर्षसम्म कैद हुनसक्ने जनाएको छ ।
प्रहरीले प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार सजायको उक्त व्यवस्था गरिएको जनाएको छ ।
उक्त ऐनअनुसार पहिलो पटकको हकमा भने १० हजारदेखि १ लाखसम्म जरिवाना र ६ महिनासम्म कैद सजायको व्यवस्था गरिएको प्रहरीको उक्त भिडियो सन्देशमा भनिएको छ । पटकेको हकमा भने २० हजारदेखि २ लाख सम्म जरिवाना र दुई वर्ष कैद सजाय वा दुवै सजाय हुनेछ ।
त्यस्तै, प्रहरीले उक्त भिडियो सन्देशमार्फत सर्जकको बौद्धिक सम्पत्तिलाई अनुमति बिना चोरी गर्ने, टिकटकमा हाल्ने, रिल बनाउने, फिल्म हलमा रेकर्ड गरेर आफ्नो सामाजिक सञ्जालमार्फत पोष्ट गर्ने लगायतका कार्य गैरकानूनी भएकोले त्यस्ता कार्य नगर्न/नगराउन आग्रह गरेको छ ।
यसका बावजुत पनि कसैले सर्जकको अनुमतिबिना बौद्धिक सम्पत्तिको चोरी गरे कानून अनुसार कारबाही हुने प्रहरीले जनाएको छ । साथै क्षतिको क्षतिपूर्तिसमेत भराइने प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्