काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी, हाईकिंग र हात्ती सफारी गर्दा पनि नदेखिने लोपोन्मुख एकसिँगे गैँडा कहिलेकाहीँ भने सौराहा बजारमै हिँडडुल गरेको देख्न सकिन्छ ।
यसरी नजिकै गैँडा देख्न पाउँदा पर्यटकहरू पनि निकै खुसी देखिन्छन् । कोही गैँडासँग सेल्फी खिचेको देख्न सकिन्छ भने कोही भिडियो खिच्न व्यस्त देखिन्छन् । यसरी बजार क्षेत्रमा आउने गैँडाले अहिलेसम्म मानिसलाई भने आक्रमण नगरेको स्थानीयहरु बताउँछन् । बाँकी तस्विरमा हेर्नुहोस्ः