काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १३०० रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला १६०५०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १३०० रुपैयाँले बढेर १६१८०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य २५ रुपैयाँले बढेर प्रतितोला १९५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।