काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘सी प्लस’ ग्रेड पाएका छन् । अमेरिकाको ग्लोबल म्यागजिनले सन् २०२४ का लागि निर्धारण गरेको विश्वभरका केन्द्रीय बैंकका प्रमुखहरुको र्यांकिङमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘सी प्लस’ ग्रेड पाएका हुन् ।
ग्लोबल म्यागजिनले गभर्नरहरुको कार्यक्षमता, कार्यशैली, नीतिगत व्यवस्था र त्यसले पारेको प्रभावका आधारमा केन्द्रीय बैंकका गभर्नरहरुलाई र्यांकिङमा समेट्दै आएका छ ।
सोही अन्तर्गत गभर्नर अधिकारीले पाएको ‘सी प्लस’ ग्रेडले गत वर्षको तुलनामा यसवर्ष गभर्नर अधिकारीको ‘पर्फमेन्स’ कमजोर र केन्द्रीय बैंकको मौद्रिक नीतिको असर प्रभावकारी नभएको देखाएको छ ।
यसो त उक्त र्यांकिङमा ‘सी प्लस’ ग्रेड पाउने गभर्नर अधिकारी एशियाकै एक मात्र गभर्नर हुन् । एशियाका अन्य देशका गभर्नरहरुको र्यांक ‘बी’ र ‘बी’ भन्दा माथि नै छ । यसले एशियामा अन्य मुलुकहरुको तुलनामा नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी कमजोर रहेको प्रष्ट हुने जानकारहरुले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्