काठमाडौँ । अविरल झरीपछिको बाढीपहिरोका कारण ७ अर्बको बीमा दाबी पर्ने अनुमान गरिएको छ । असोज १० गतेदेखिबाट परेको अविरल झरीका कारण भएको क्षतिबाट बीमा दाबीको विवरण सार्वजनिक गर्दै बीमा कम्पनीहरुले ७ अर्ब ३७ करोड बराबरको दाबी पर्ने प्रारम्भीक अनुमान गरेका हुन् ।
जसमध्ये हालसम्म दुई अर्ब ६७ करोडको बीमा दाबी परिसकेको बीमा कम्पनीहरुले जनाएका छन् ।
कम्पनीहरुको प्रारम्भीक अनुमान अनुसार बाढीपहिरोबाट भएको क्षतिबाट सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडमा ३ सय १९ बीमा दाबीमार्फत कुल १ अर्ब ८१ करोडको दाबी पर्ने अनुमान गरिएको छ ।
त्यस्तै, दि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा १ अर्ब ४४ करोड, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १ अर्ब १७ करोड, नेको इन्स्योरेन्समा ८९ करोड ८४ लाख, शिखर इन्स्योरेन्समा ४६ करोड ५८ लाख, नेशनल इन्स्योरेन्समा २३ करोड, आइजिआई प्रुडेन्सियल इन्स्योरन्समा २० करोड, नेपाल इन्स्योरेन्स कम्पनीमा १५ करोड, एनएलजी इन्स्योरेन्समा १२ करोड, युनाइटेड अजोड इन्स्योरेन्समा ७ करोड ४४ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ६३ करोडको बीमा दाबी पर्ने अनुमान गरिएको छ ।
त्यस्तै, प्रभु इन्स्योरेन्समा ४ करोड १७ लाख, सानिमा जनरल इन्स्योरेन्समा २ करोड ८६ लाख, स्टार माइक्रो इन्स्योरेन्समा ६१ लाख, नेपाल माइक्रो इन्स्योरेन्समा ४ लाख र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा १ लाख ३० हजारको बीमा दाबी पर्ने अनुमान गरिएको छ भने राष्ट्रिय बीमा कम्पनीमा ९ करोड ६० लाख रुपैयाँको दाबी परिसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्