काठमाडौँ । लक्ष्मी सनराइज बैंकको नाफा ह्वात्तै बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ४२०.५३ प्रतिशतले बढेको हो । यसअवधिमा बैंकले कुल ५३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १० करोड ३० लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज घटेका कारण खुद नाफामा उल्लेख्य बढोत्तरी भएको हो । यस अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब १४ करोडबाट घटेर १ अर्ब १६ करोडमा झरेको छ ।
त्यस्तै, बैंकको खुद ब्याज आम्दानी ६.७५ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २४.५८ प्रतिशतले बढेको छ । यता बैंकको कुल सञ्चालन आम्दानी २.५८ प्रतिशतले घटेको छ भने सञ्चालन मुनाफा ४२५.२३ प्रतिशतले बढेको छ । हाल बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४९ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ६ रुपैयाँ ४३ पैसा रहेको छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नाफासँगै समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यसवअधिमा बैंकको ईपीएस ७ रुपैयाँ ३५ पैसा बढेर ९ रुपैयाँ २५ पैसा पुगेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ९५ पैसा र मूल्य आम्दानी अनुपात २८.९२ गुणा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्