Skip to content
LAXMI SUNRISE BANK

दशैँमा पनि सुनसान छन् काठमाडौँका मल, व्यापार गर्ने बेलामा फोन चलाएर दिन बिताउँछन् व्यापारी… (तस्विरहरु) 

अर्थ सरोकार

काठमाडौँ । नेपालीहरुको महान चाड दशैँ नजिकिए पनि काठमाडौँ उपत्यकाका अधिकांश मलहरुमा भने व्यापारको चहलपहल देखिएको छैन । दशैँमा नयाँ लुगा किन्ने, आफन्तहरूका लागि किनमेल गरिने भए पनि यो वर्ष भने मलहरुमा व्यापार घटेको छ । 

विगत १० वर्षदेखि सिभिल मलमा व्यापार गर्दै आएका कृष्ण राणाका अनुसार यो वर्ष अघिल्लो वर्षको तुलनामा २० प्रतिशत पनि व्यापार नभएको भएको छैन । मलमा मानिसहरूको चहलपहल नै नभएको बताउँदै उनले दैनिक ग्राहकहरु पनि एकदुई जना मात्रै आउने गरेको बताएका छन् । 

त्यस्तै, काठमाडौँ मलमा ६ वर्षदेखि व्यापार गर्दै आएका मनिस शाहीले पनि हरेक वर्ष व्यापार घट्दै गएको बताएका छन् । उनले यदि यही अवस्था रहने हो भने व्यापारबाट विस्थापित हुनुपर्ने अवस्था आउने भन्दै दुखेसो पोखेका छन् । 

शाही र राणाको मात्र होइन, दशैँको मुखमा न्युरोडस्थित पिपुल प्लाजामा १३ वर्षदेखि व्यापार गर्दै आएका दीपक अधिकारीको पनि अवस्था उस्तै छ । विगतमा जस्तो मलमा चहलपहल नभएको भन्दै उनले महँगीले गर्दा पनि मलमा चहलपहल घटेको बताएका छन् । उनले पनि दशैँमा व्यापार हुने अपेक्षा गरे पनि व्यापार नहुँदा साह्रै मर्कामा परेको बताएका छन् । तस्विरमा हेर्नुहोस् दशैँको मुखमा पनि सुनसान मलहरुः 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK