काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले पार्टी सभापति रवि लामिछाने पक्राउ पर्दा कुनै अवरोध नगर्ने बताएका छन् । लामिछानेलाई पक्राउ गर्ने प्रहरीको तयारीपछि पत्रकार सम्मेलनको आयोजना गर्दै झाले यस्तो बताएका हुन् ।
उनले सभापति पक्राउ पर्दा आफूहरुले कुनै अवरोध नगर्ने भन्दै पार्टीका समर्थकहरुलाई पनि कुनै अवरोध नगर्न आग्रह गरेका छन् ।
‘हाम्रो सभापति पक्राउ पर्दा कुनै पनि अवरोध गर्दैनौँ । हामीले प्रहरीलाई सहयोग गर्छौं ।’, झाले भने, ‘पार्टीका समर्थकहरुलाई पनि सभापति पक्राउ पर्दा कुनै अवरोध वा विरोध नगर्न अनुरोध गर्दछु ।’
त्यस्तै, उनले अबको केही समयमा आफ्नो पार्टीका सभापति पक्राउ पर्ने भन्दै पक्राउ पर्नुपूर्व पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने पनि जानकारी दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्