काठमाडौँ । फेसबुकका संस्थापक मार्क जुकरबर्ग विश्वकै तेस्रो धनी व्यक्ति बनेका छन् । ब्लुमबर्गको ‘बिलिनियर्स इन्डेक्स’ अनुसार जुकरबर्ग विश्वकै तेस्रो धनी व्यक्ति बनेका हुन् ।
हाल जुकरबर्गकको कुल सम्पत्ति २ खर्ब १ अर्ब डलर पुगेको छ ।
योसँगै टेस्लाका सीईओ एलन मस्क, जेफ बेसोज र बर्नार्ड अर्नाल्ट मात्रै रहेको २ खर्ब डलर भन्दा धेरै सम्पत्ति भएका धनाढ्य व्यक्तिको सूचीमा मार्क जुकरबर्ग पनि ‘टु बिलियन डलर क्लब’मा समावेश भएका छन् ।
जुकरबर्गको सम्पत्ति वृद्धि हुनुमा मेटाको सेयर मूल्य बढ्नु रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार गत जनवरीको तुलनमा मेटाको सेयर मूल्य ६० प्रतिशत महँगो भएको छ ।
मेटाको सेयर मूल्यमा भारी उछाल आउनुमा मेटा एआईकोसमेत भूमिका रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हाल मेटा एआईका मासिक सक्रिय प्रयोगकर्ता ५० करोडभन्दा धेरै छन् । मेटाको सेयर मूल्य यही गतिमा बढे जुकरबर्गलाई छिट्टै विश्वको सर्वाधिक धनी व्यक्तिको सूचीको पहिलो नम्बरमा देख्न सकिने विश्व अर्थविद्हरुले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्