काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले २८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा २३.१७ प्रतिशतले धेरै हो ।
बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा २२ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.३७ प्रतिशतले बढेर १ अर्ब ११ करोड ७ लाख कायम भएको छ । गत वर्ष यस्तो आम्दानी १ अर्ब ४ करोड थियो । त्यस्तै, सञ्चालन आम्दानी १ अर्ब ३० करोड कायम भएको छ ।
पहिलो त्रैमासम्ममा बैंकको इम्पेयरमेन्ट चार्ज ३८ करोड ७७ लाख रुपैयाँ रहेको छ । मुक्तिनाथको वितरणयोग्य नाफा ६२ करोड ९० करोड रहेको छ । चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब १८ करोड रुपैयाँ जम्मा रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ कायम छ भने प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ १० पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्