काठमाडौँ । सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगाना काममा फर्किएका छन् । आइतबार केन्द्रीय कारागार सुन्धाराबाट कारागारमुक्त भएसँगै दुवैजना काममा फर्किएका हुन् ।
कारागारमुक्त भएसँगै सिधाकुरा डटकमका सम्पादक नवीन ढुंगानाले आफूहरु समाचार लेख्नकै लागि जन्मिएकोले अब झनै सशक्त भएर समाचार लेख्ने बताएका छन् । ‘समाचार लेखेकै कारण कारागार चलान हुनुपर्ने जुन परिस्थिति बन्यो हामी त्यसबाट विचलित भएका छैनौँ, किनकी हामी तयार थियौँ ।’, उनले भने, ‘हामी समाचार लेख्न जन्मिएका हौँ, समाचार लेखिरहन्छौँ । यस्ता विघ्नबाधाबाट विचलित भएका छैनौँ हुँदैनौँ ।’
त्यस्तै, ढुंगानासँगै कारागारमुक्त भएका युवराज कँडेलले यो परिस्थितिले थप जिम्मेवारी बोध लगाएको बताएका छन् । एउटा फाइल कोट्याउँदा कारागारसम्म जानुपर्ने अवस्था आएकोप्रति कुनै गुनासो नभएको भन्दै उनले यसले आगामी दिनमा काम गर्ने थप उर्जा मिलेको प्रतिक्रिया दिएका छन् ।
‘हामीले सर्वोच्च अदालतको फैसलालाई सम्मान गरेका थियौँ, छौँ । समाचार लेखेकै कारण जेल पुग्नुपर्ने परिस्थिति सृजना हुनुले हामी विचलित भएका छैनौँ, बरु थप सशक्त बनेका छौँ ।’, कँडेलले भने, ‘अझै धेरै फाइल खोल्नै बाँकी छ, लेख्नै बाँकी छ । हामी लेख्नकै लागि निस्किएका हौँ, लेख्छौँ । अझ सशक्त भएर लेख्छौँ, बोल्छौँ ।’
यता पत्रकारद्वय कँडेल र ढुंगाना कारागारमुक्त भएसँगै सिधा कुराका दर्शक तथा स्रोताले माफियाहरुको कुदिन सुरु भएको प्रतिक्रिया दिएका छन् । ‘हिजो देशमा जरा गाडेको माफियातन्त्रको भण्डाफोर गरेकै कारण दुई पत्रकार जेल जानुपर्यो । उहाँहरुलाई माफियाहरुले जेल पुर्याएका हुन् ।’, पत्रकारद्वय कंडेल र ढुङ्गाना कारागारबाट निस्किने बेला पुगेका एक समर्थकले भने, ‘अब माफियाका कुदिन सुरु भयो । अब सिधा कुराको टिमले सबैको भण्डाफोर गर्नेछ ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी मुद्दामा न्यायधीशहरुले आर्थिक लाभ लिएर फैसला गरेको भन्दै सिधाकुरा डटकमले ‘डार्क फाइल’ नामक सामाग्री सम्प्रेषण गरेपछि उक्त सामाग्रीले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतले उनीहरुलाई कैद सजाय सुनाएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्