काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय ७ कम्पनीको एक करोड ४१ लाख ८ हजार ९ सय २६ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्बमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको ३३ करोड ७९ लाख ८८ हजार ५ सय १८ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।
त्यस्तै, सोमबारको बजारमा जानकी फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज जानकी फाइनान्स सहित दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्