काठमाडौँ । कोरोना र आर्थिक मन्दीका कारण विगतका वर्षमा सुनसान बनेको काठमाडौँको न्युरोडमा यसपालि भने अत्याधिक भीड लागेको छ । एक त सुध्रिएको अर्थतन्त्र र अर्कोतर्फ बाढीपहिरोको विपत्तिका कारण गाउँ जान ठिक्क परेकाहरु पनि काठमाडौँमै रोकिनुपरेपछि यसपालि काठमाडौँको न्युरोडमा सपिङ गर्नेहरुको भीड लागेको हो ।
अहिले काठमाडौँको मुख्य व्यापारिक क्षेत्र न्युरोड र इन्द्रचोक क्षेत्रमा किनमेल गर्नेहरुको थेगिनसक्नुको भीड छ ।
किनमेल गर्नेहरुको चाप बढेसँगै यस क्षेत्रमा सवारीको चाप पनि बढेको छ । सवारी चाप बढेसँगै हाल उक्त क्षेत्रमा घण्टौँसम्म जाममा बस्नु पर्ने अवस्था सृजना भएको छ । जसका कारण अहिले दशैँको सपिङ गर्न न्युरोड पुग्नेहरुलाई सपिङ्गसँगै घण्टौँ जाममा बस्नुपर्ने र अत्याधिक भीडमा ओहोरदोहोर गर्ने तनाव थपिएको छ ।
अर्कोतर्फ न्युरोड क्षेत्रमा नागरिक चाप बढेसँगै व्यापारीहरुलाई भने भ्याइनभ्याई छ । यसो त काठमाडौँका केही क्षेत्रमा व्यापारीहरुले दशैँमा व्यापार खासै नभएको बताए पनि न्युरोडमा भने आजभोली पानी खाने फुर्सदसमेत नपाइने व्यापारीहरुले बताएका छन् । बाँकी तस्विरमाहेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्