काठमाडौँ । एनआईसी एशिया बैंकको नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ८९.०६ प्रतिशतले घटेको हो ।
यस अवधिमा बैंकले कुल ११ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकि गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब १ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको इम्पेयरमेन्ट चार्ज बढ्दा नाफामा गिरावट आएको छ । एनआईसी एशियाको इम्पेयरमेन्ट चार्ज ६४ करोड ४३ लाखबाट बढेर १ अर्ब १६ करोड पुगेको छ ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा दुवै घटेको छ । बैंकको खुद ब्याज आम्दानी ७.१४ प्रतिशतले घटेर २ अर्ब ५५ करोड २५ लाख कायम भएको छ । गत वर्ष यस्तो आम्दानी २ अर्ब ७४ करोड थियो । त्यस्तै, संचालन नाफा पनि ८८.७३ प्रतिशतले घटेको छ ।
बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १७ अर्ब ६९ करोड रुपैयाँ जम्मा रहेको छ ।बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ६७ पैसाले घटेर २ रुपैयाँ ९१ पैसामा झरेको छ भने प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ७९ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्