काठमाडौँ । तिहार बिदामा समयमा पनि नेपाल आयल निगमका डिपोहरु खुला रहने भएका छन् । एक सूचना जारी गर्दै नेपाल आयल निगमले बिदामा पनि आफ्ना सबै डिपोहरु खुला रहने जानकारी गराएको हो ।
सूचनामार्फत निगमले तिहारको समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि १३ डिपोहरु खुला रहने जनाएको छ ।
निगमले जारी गरेको सूचना अनुसार थानकोट डिपो तीन दिन, विराटनगर, अमलेखगञ्ज, पोखरा, भैरहवा, धनगढी, धनुषा, वीरगञ्ज र चारआली डिपो दुई दिन र नेपाल र दाङको डिपो एक दिन खुला रहनेछन् । त्यस्तै, सुर्खेत र दिपायलको डिपो भने आवश्यकता अनुसार खुला रहने निगमले जनाएको छ ।
त्यस्तै, निगमले तिहार बिदामा लागि सम्बन्धित कार्यालयहरु बन्द भएको अवस्थामा पेट्रोलियम व्यवसायी र ढुवानीकर्ताको सहजताको लागि प्रत्येक डिपोको सम्पर्क व्यक्तिसमेत तोकेको छ । ती व्यक्तिसँग सम्पर्क गरेर तोकिएको समयमा डिपोबाट पेट्रोलियम पदार्थ दिन सक्ने निगमले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्