×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली टिकट बनाएर यात्रुलाई ‘उल्लू’ बनाउने १३ जना पक्राउ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नक्कली टिकट बनाएर यात्रुलाई ‘उल्लू’ बनाउने १३ जना पक्राउ 

Artha Sarokar

२१ आश्विन २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नक्कली टिकट बनाएर यात्रु ठग्ने १३ जना पक्राउ परेका छन् । दशैँमा गाउँ फर्किनेहरुबाट चर्को शुल्क असुलेको आरोपमा ट्राफिक प्रहरीले काठमाडौँबाट १३ जनालाई पक्राउ गरेको हो । 

पक्राउ परेका १३ जनामध्ये ३ जना कोटेश्वरबाट र ६ जनालाई बल्खुबाट र अन्यलाई उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीका अनुसार पक्राउ परेकाहरुले गाउँ जाने यात्रुहरुलाई नक्कली टिकट बनाएर दिनुका साथै तोकिएको भाडादर भन्दा बढी भाडा असुली गरेका थिए ।  

हाल उनीहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दशैँको मुखमा यात्रुहरुको बाध्यताको फाइदा उठाएर अस्वभाविक महँगो भाडा असुली गर्नेहरुप्रति सतर्क रहन पनि प्रहरीले आग्रह गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी