काठमाडौँ । तिहारमा काठमाडौँमा पटका पड्काउन तथा लङ्गुरबुर्जा खेल्न नपाइने भएको छ । बिहीबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले तिहारमा पटका पड्काउने, लङ्गुरबुर्जा खेल्ने/खेलाउने तथा कानून विपरीतका काम गर्न नपाइने जनाएको छ ।
प्रशासनले तिहारका बेलामा सार्वजनिक स्थानमा होहल्ला गर्ने, झैझगडा गर्ने, मर्यादा र शान्ति खलल गर्ने कुनै पनि गतिविधि गर्न नपाइने पनि सूचित गराएको छ ।
‘चाडपर्वको यस अवसरमा शान्ति सुरक्षामा असर गर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा गर्ने, मादक पदार्थ सेवन गरी पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कानून विपरीत जुवातास, लङ्गुरबुर्जा खेल्ने/खेलाउने, भुइँचम्पा, पटका, आतसबादीजस्ता विपद् जोखिम निम्त्याउने तथा वातावरण प्रदुषण हुने विस्फोटक एवम् प्रज्वलनशील पदार्थको प्रयोग, ओसार पसार, बिक्री वितरण गर्ने जस्ता कार्य नगर्न/नगराउन अनुरोध छ ।’, सूचनामा उल्लेख छ ।
यसका बावजुत पनि कसैले सूचनामा भनिए विपरीत काम गरे/गराएमा कानून अनुसार कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौँले चेतावनीसमेत दिएको छ ।
साथै प्रहरीले तिहारमा देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रमहरु मर्यादित, अनुशासित एवम् व्यवस्थित ढंगले सञ्चालन गर्न र निर्देशन विपरीत कसैले गतिविधि गरे नजिकैको प्रहरी कार्यालयमा खबर गर्न पनि प्रशासन कार्यालय काठमाडौँले आग्रह गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्