×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक, बेचे कार्वाही !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

काठमाडौँमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक, बेचे कार्वाही !

Artha Sarokar

१३ कार्तिक २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक लगाइएको छ । काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन)ले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत काठमाडौँमा प्लास्टिकका फूलका माला बिक्री वितरणमा प्रतिबन्ध लगाइएको जानकारी दिएका हुन् ।

प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध लगाइएको जानकारी दिँदै मेयर साहले काठमाडौँका ४६ स्थानमा स्थानीय फूलका माला बिक्रीका लागि प्रबन्ध मिलाइएको पनि जानकारी दिएका छन् ।

मेयर साहका अनुसार काठमाडौँको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डप, तीनकुने चौर, हाँडीगाउँ र बालाजु विष्णुमति करिडोरमा फूल बिक्री गर्ने स्थान मिलाइएको भए पनि यसवर्ष भने काठमाडौँ भित्रका ४६ स्थान (मल, मार्ट, पार्क, पार्टी प्यालेस र सेन्टर)मा फूल बिक्रीको प्रबन्ध मिलाइएको छ ।

त्यस्तै, महानगरले व्यापारीहरुलाई प्लास्टिकका फूलमाला बिक्री नगर्न पनि अनुरोध गरेको छ । प्रतिबन्धका बाबजुत पनि कसैले लुकिछिपि बिक्री गरेको भेटिए कानूनअनुसार कारबाही गर्ने महानगरले चेतावनी दिएको छ । यी हुन् यस वर्ष काठमाडौँ महानगरले तोकेको फूल बिक्री गर्ने ठाउँः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी