×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाढीका कारण च्यासल रंगशालाको अस्तित्व मेटिने खतरा ! (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बाढीका कारण च्यासल रंगशालाको अस्तित्व मेटिने खतरा ! (तस्विरहरु)

Artha Sarokar

६ कार्तिक २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । दशरथ रंगशालाको विकल्पको रुपमा निर्माण गरिएको च्यासल रंगशाला गत असोजमा परेको अविरल वर्षापछि आएको बाढीले क्षतीग्रस्त बनेको छ । गत असोज दोस्रो साता परेको अविरल वर्षापछि च्यासल रंगशाला पोखरीमा परिणत भएको छ । बाढीका कारण मैदान भत्किनुका साथै अन्य भौतिक संरचनाहरुमा समेत क्षति पुगेको छ ।

क्षति विवरण संकलनका लागि समिति गठन गरिएको र समितिले स्थलगत अध्ययनपछि विवरण बुझाएपछि पुनर्निर्माण प्रक्रिया अगाडि बढ्ने नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पङ्कजविक्रम नेम्वाङले बताए ।

फिफाको फुटबल विकास परियोजनाको सहयोगमा सन् २००२ मा जग राखिएको च्यासल रंगशाला सन् २०१७ मा राखेपको स्वामित्वमा गएको थियो । मैदानमा सहिद स्मारक ‘ए’ डिभिजन लिग भए पनि अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सकेको छैन । सामान्य वर्षामा समेत पोखरी बन्ने भएकै कारण पनि एन्फाले च्यासल मैदानको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न नसकेको हो ।

बागमती करिडोरको मापदण्डका कारण छेउ खोला साइडमा प्याराफिट बनाउन नसक्नु र बर्षेनी बाढीको चपेटामा पर्दा रंगशालाको भविष्य नै अन्योलनमा परेको छ । हिजोआज मैदानको अवस्था नाजुक छ । मुख्य प्रवेशद्वारबाटै छिरेको बाढीले मैदानको घाँसमा क्षति पुगेको छ । मनोहरा खोलाले ल्याएको बाढीका कारण हिलो र फोहोर मैदानमा जमेको छ । तर हालसम्म सरसफाइ र क्षतिको विवरण संकलन गरिएको छैन् । बाँकी तस्विरमा हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी