काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले माइतीघरमा प्रदर्शन गरेका छन् । राजनीतिक प्रतिशोध विरुद्दको एक्यबद्धताका लागि भन्दै उनीहरुले शुक्रबार प्रदर्शन गरेका हुन् ।
लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कार्तिक २ गते पार्टी कार्यलयबाटै पक्राउ परेका थिए । लामिछाने पक्राउ परेपछि रास्वपाका कार्यकर्ताले पोखरामा प्रदर्शन गर्दै आएका थियो ।
हिजो बिहीबार पत्रकार सम्मेलन गर्दै शुक्रबारबाट काठमाडौँमा प्रदर्शन गर्ने जनाएका थिए । बाँकी तस्विरमा हेर्नुहोस्: