×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा २९.१६ प्रतिशतले बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा २९.१६ प्रतिशतले बढ्यो

Artha Sarokar

८ कार्तिक २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । 

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा बैंकले कुल ६ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा २९.१६ प्रतिशत बढी हो । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ४ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २७.६१ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा पनि २७.५९ प्रतिशतले बढेको छ । त्यस्तै, चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकको खराब कर्जा ३.२८ प्रतिशतबाट बढेर ४.६५ प्रतिशत पुगेको छ । 

नाफासँगै समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यसअवधिमा बैंकको ईपीएस १ रुपैयाँ ३२ पैसाले बढेर ७ रुपैयाँ ०२ पैसा कायम भएको छ । हाल बैंकको प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ९४ पैसा छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी