×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकको नाफा र ईपीएस दुवै घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सानिमा बैंकको नाफा र ईपीएस दुवै घट्यो

Artha Sarokar

७ कार्तिक २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सानिमा बैंकको खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार पहिलो त्रैमाससम्ममा बैंकको खुद नाफा १७.२७ प्रतिशतले घटेको हो । यसअवधिमा बैंकले कुल ३९ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ४८ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.२६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ७.५२ प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ५.१५ प्रतिशत र सञ्चालन मुनाफा २०.८० प्रतिशत घटेको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको खुद नाफा घटेको हो ।

त्यस्तै, यसअवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यसअवधिमा बैंकको ईपीएस ३ रुपैयाँ ४४ पैसाले घटेर ११ रुपैयाँ ७७ पैसामा झरेको छ । यसअवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ९६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३०.१४ गुणा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी