×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मीनबहादुर गुरुङले दान दिएको जग्गा हक हस्तान्तरण नगर्न सर्वोच्चको आदेश 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मीनबहादुर गुरुङले दान दिएको जग्गा हक हस्तान्तरण नगर्न सर्वोच्चको आदेश 

Artha Sarokar

१२ कार्तिक २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेलाई भाटभटेनी सुपरमार्केटका साहु मीनबहादुर गुरुङले दान दिएको जग्गा हक हस्तान्तरण नगर्न आदेश दिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले उक्त अल्पकालीन अन्तरिम आदेश दिएको हो । 

उक्त आदेशसँगै सर्वोच्चले निवेदक ज्ञान बस्नेत र विपक्षी नेकपा एमाले र व्यवसायी मीनबहादुर गुरुङलाई छलफलमा बोलाएको छ ।

जग्गा दानको विवादमा दुवै पक्षबीच छलफल नहुँदासम्म एमालेको पार्टी कार्यालय निर्माणका लागि भन्दै गुरुङ दान दिएको जग्गाको हक हस्तान्तरण नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरिएको हो । 

त्यस्तै, अदालतले जग्गा लिने र दिने दुवै पक्ष (नेकपा एमाले र व्यवसायी मीनबहादुर गुरुङ)लाई त्यसको कारण देखाउन मागसमेत गरेको छ । गुरुङले एमालेलाई कलंकीमा पार्टी कार्यालय निर्माणका लागि जग्गा दान गर्नुका साथै दशैँको फूलपातीको दिन पार्टी कार्यालयको शिलान्याससमेत गरेका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी