×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसबिआई बैंकको नाफा ७०% ले बढ्यो, ईपीएसमा उल्लेख्य सुधार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एसबिआई बैंकको नाफा ७०% ले बढ्यो, ईपीएसमा उल्लेख्य सुधार

Artha Sarokar

७ कार्तिक २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल एसबिआई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा उल्लेख्य बढेको छ ।

यस अवधिमा बैंकले कुल ८१ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७०.०१ प्रतिशत बढि हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४७ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले प्रकाशित गरेको विवरण अनुसार समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.४३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ०.३६ प्रतिशत घटेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ०.४७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ७८.२६ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा २.३५ प्रतिशतबाट घटेर १.८४ प्रतिशतमा झरेको छ ।

त्यस्तै, असोज मसान्तसम्ममा १ अर्ब ८६ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ३६ पैसा रहेको छ ।

समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यसअवधिमा बैंकको यस्तो आम्दानी १२ रुपैयाँ ७८ पैसा बढेर ३१ रुपैयाँ ३ पैसा पुगेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ ४६ पैसा र मूल्य आम्दानी अनुपात १५.११ गुणा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी