Skip to content
LAXMI SUNRISE BANK

बिहीबार २.४७ अंकले बढ्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक २.४७ अंकले बढेर २७४४.३६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १६ कम्पनीको एक करोड ८८ लाख ७ हजार ४ सय ९२ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब १९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ३३ करोड १३ लाख ९० हजार १ सय ८५ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

आजको बजारमा गुडविल फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनी सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले बढेको हो ।

यता, अपर स्याँगे हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK