×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टुच्च बढ्यो स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा, कस्ता छन् अन्य सूचक ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

टुच्च बढ्यो स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा, कस्ता छन् अन्य सूचक ?

Artha Sarokar

७ कार्तिक २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको विवरण अनुसार बैंकका खुद नाफा ४.१७ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकले कुल ८६ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ८२ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको विवरण अनुसार यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.७५ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ७९.८५ प्रतिशत बढेको छ ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १.६१ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३.५८ प्रतिशत बढेको छ । यस अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ५ करोड ७१ लाख रुपौयाँमा झरेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज घटेकै कारण नाफामा बढोत्तरी भएको प्रक्षेपण गरिएको छ ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब २३ करोड १३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ५७ पैसा रहेको छ । यसअवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १ रुपैयाँ ४६ पैसाले बढेर ३६ रुपैयाँ ५७ पैसा पुगेको छ । हाल बैंकको प्रतिसेयर नेटवर्थ २२७ रुपैयाँ १३ पैसा र मूल्य आम्दानी अुनपात १९.३८ गुणा रहेको छ ।

९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ७.७१ प्रतिशत बढेको छ। त्यस्तै, सो अवधिमा बैंकको निक्षेप ०.९३ प्रतिशत र कर्जा तथा सापटी १ प्रतिशत बढेको छ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी