काठमाडौँ । पछिल्लो २ महिना (साउन र भदौ) मा नेपालमा ६ करोड बढीको तास आयात गरिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार भदौ मसान्तसम्म ६ करोड ११ लाख ६४ हजार रुपैयाँ मूल्य बराबरको २० लाख ७ हजार ८ सय ९२ प्याकेट तास आयात गरिएको हो ।
तासको आयातबाट मात्रै राज्यले दुई महिनामा ३ करोड ५२ लाख ८५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
विभागका अनुसार नेपालमा सबैभन्दा धेरै तास चीनबाट आयात हुँदै आएको छ । साउन र भदौमा पनि नेपालमा चीनबाट मात्रै ५ करोड २१ लाख ३ हजार रुपौयाँ बराबरको तास आयात गरिएको छ ।
त्यस्तै, चीनपछि भारतबाट मात्रै नेपालमा दुई महिनामा ९० लाख ५७ हजार रुपैयाँ बराबरको तास आयात गरिएको छ । जसमार्फत राज्यले ३१ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
चीन र भारतबाहेक नेपालमा अमेरिका र बेलायत लगायतका देशबाट पनि तास आयात हुँदै आएको छ । यद्यपि नेपालमा कानूनीरूपमा तास खेल्न बर्जित गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्