काठमाडौँ । सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरिएको छ । यातायात व्यवसायीहरुले दशैँ तिहारलाई लक्षित गर्दै खुलाएको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका हुन् ।
अविरल झरीका कारण राजमार्गमा गएको पहिरोका कारण अधिकांश सडक बिग्रिएपछि गाडी चलाउन असहज भएको भन्दै तत्कालका लागि अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेको यातायात व्यवसायीहरुले बताएका छन् ।
अग्रिम टिकट बुकिङ बन्द गर्ने विषयमा सरकारसँग छलफल भइरहेको व्यवसायीहरुले बताएका छन् । पहिरो पन्छाएर सडक खुलेको बताइए पनि सोमबार नयाँ बसपार्कबाट छुटेका गाडीहरु अझै गन्तव्यमा पुगेका छैनन् ।
यसरी यात्रा सहज नहुँदा यात्रुले काटेको टिकट समयमा यात्रा सम्पन्न गर्न नसकिएको भन्दै तत्कालका लागि अग्रिम टिकट बुकिङ बन्द गर्नुपर्ने अवस्था आएको यातायात व्यवसायीहरुको भनाई छ ।
यातायात व्यवसायीहरुले यात्रुको सहजताका लागि असोज १२ गते (शनिबार) देखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए । तर, बिग्रिएको बाटोमा सवारी चलाउन सक्ने स्थिति नभएपछि अग्रिम टिकट बुकिङ बन्द गर्ने लागेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्