काठमाडौँ । नेपालमा पहिलोपटक मोबाइल एपमार्फत सेयर कारोबार सुरु भएको छ । सेक्योर्ड सेक्युरिटिज (ब्रोकर नम्बर ३६)ले सेयर कारोबारमा मोबाइल एपको प्रयोग सुरु गरेको हो ।
सेक्योर्डले आइतबारदेखि सुरु नयाँ टिएमएस प्रयोगमा माबोइल एप भर्सनबाट पनि कारोबार सुरु गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले एट्रयाड डीजी ट्रेड नेपाल नामक मोबाइल एप मार्फत सेयर कारोबार सुरु गरेको हो । उक्त एप एन्ड्रोयड तथा आईओएस दुवैमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
ब्रोकरले सुरु गरेको आफ्नै टिएमएस एप, वेब तथा डेक्सटप भर्सनबाट कारोबार गर्न सुरुवातमा केही असहज हुने भए पनि बिस्तारै अभ्यस्त हुँदै जाँदा सहज हुने कम्पनीको भनाई छ । कम्पनीका अनुसार आइतबार मात्रै करिब ६ सय जनाले ब्रोकरको नयाँ टिएमएस लगइन गरेका छन् भने करिब साढे २ सय जनाले नयाँ टिएमएसबाट कारोबार नै गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्