काठमाडौँ । मिटर ब्याज असुलेको आरोपमा दाङका एक व्यवसायीको नाक काटिएको छ । दाङको घोराहीमा नेकपा बहुमतका कार्यकर्ताले एक व्यवसायीको नाक काटिदिएका हुन् ।
घोराहीको विपी चोकस्थित संजिवनी कलेजका शिक्षकसँग ऋण असुल्न गएका बेला व्यवसायी धनबहादुर बस्नेतका नाक काटेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बस्नेतको नाक काट्नेहरु नेकपा बहुमतका कार्यकर्ता हुन् । हाल उनीहरु फरार छन् । व्यवसायी बस्नेतको नाक काटेर फरार भएकाहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
हाल घाइते बस्नेत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराएर घर फर्किसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्