×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक पुगेर कम्प्युटर खोलिसकेपछि सार्वजनिक बिदाको निर्णय आउँदा बैंकर रनभुल्ल, काम गर्ने कि नगर्नेमै अलमल !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बैंक पुगेर कम्प्युटर खोलिसकेपछि सार्वजनिक बिदाको निर्णय आउँदा बैंकर रनभुल्ल, काम गर्ने कि नगर्नेमै अलमल !

Artha Sarokar

३ मंसिर २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंक पुगेर कम्प्युटर खोलिसकेपछि सरकारले आज (सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेपछि बैंकरहरु रनभुल्लमा परेका छन् ।

सोमबार बिहानसम्म सार्वजनिक बिदा हुने/नहुने भन्नेबारे बैंकरसहित सरकारी कार्यालयकै कर्मचारीलाई पनि कुनै सुइँकोसमेत थिएन । यही कारण अधिकांश बैंकरहरु नियमित तालिका अनुसार सोमबार बिहान कार्यालय पुगे र आफ्नो काममा लागे ।

तर, सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले एक्कासि आज सार्वंजनिक बिदा दिने निर्णय गरेपछि अफिस पुगेर कम्प्युटर नै खोलिसकेका बैंकरहरु रनभुल्लमा परेका छन् ।

‘बिहानसम्म आज सार्वजनिक बिहान हुन्न भन्ने त कल्पनासमेत थिएन । त्यही भएर अरु दिनजस्तै बिहान अफिस पुगेँ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै एक बैंकरले भने, ‘कम्प्युटर खोलेर काम सुरु गरिसकेपछि सार्वजनिक बिदाको सूचना आयो । अब काम गर्ने कि नगर्ने भन्ने अन्यौलमा परेका छौँ ।’

सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सार्वजनिक बिदा दिने निर्णय गरेपछि कार्यालय पुगेको अधिकांश बैंकका कर्मचारीहरु बैंकमै छन् । केही भने कार्यालय नपुग्दै बिदाको सूचना पाएपछि बाटैबाट फर्किएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी