×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अध्यक्ष नियुक्ति प्रक्रिया अगाडी बढेपछि गार्डिन माइक्रोलाई हतारहतार आइपीओ स्वीकृति, ‘हतारो नै शंकास्पद, लेनदेनको शंका !’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अध्यक्ष नियुक्ति प्रक्रिया अगाडी बढेपछि गार्डिन माइक्रोलाई हतारहतार आइपीओ स्वीकृति, ‘हतारो नै शंकास्पद, लेनदेनको शंका !’

Artha Sarokar

१० मंसिर २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त हुँदै गर्दा बोर्डले हतारहतार गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति प्रदान गरेको छ । काबा अध्यक्षले दीर्घकालीन निर्णय नगर्ने भन्दै कुनै पनि कम्पनीको आइपीओ स्वीकृति नदिएका बेला बोर्डमा गरिएको यस्तो हतारोलाई शंकास्पद रुपमा हेरिएको छ ।

‘रिलायन्स स्पिनिङको आइपीओ विवादमा परेपछि थप निर्णय भएको थिएन । अहिलेको नेतृत्वले नगर्ने नै भन्ने थियो ।’ बोर्डकै एक अधिकारीले अर्थ सरोकारसँग भने, ‘माथिकै लेनदेन हो कि भन्ने शंका धेरैलाई भएको छ ।’

उनका अनुसार अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले ३ जनाको नाम सिफारिस गरेकै दिन सो कम्पनीले स्वीकृति पाउनु शंकास्पद छ ।

आइतबार बोर्डले सो कम्पनीलाई ७५ लाख कित्ता सेयर निष्कासनको स्वीकृति दिएको छ । जसमध्ये सर्वसाधारणलाई ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सेयर जारी गर्नेछ भने बाँकी ७० प्रतिशत संस्थापक समूहको रहनेछ । अंकित मूल्य १ सयका दरले कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न स्वीकृति पाएको हो ।

माइक्रो इन्स्योरेन्स कम्पनीले कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्नैपर्ने व्यवस्था छ । तर यो नयाँ अध्यक्षले गर्ने कुरा थियो । तर हतारहतार बोर्डमा यहि बाध्यकारी व्यवस्था देखाएर आइपीओ स्वीकृति दिईएको छ ।
अव यो विषय पनि अख्तियार हुँदै, सार्वजनिक लेखा समितिसम्म जाने र आफुले गर्दै नगरेको काममा नयाँ अध्यक्षले दु:ख पाउने संकेत देखिएको बोर्डकै अधिकारीहरु बताउँछन् ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी