×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एलन मस्कसँग छ नेपाललाई एक्लैले २५ बर्ष बढी पाल्न सक्ने सम्पत्ति, बने मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एलन मस्कसँग छ नेपाललाई एक्लैले २५ बर्ष बढी पाल्न सक्ने सम्पत्ति, बने मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति !

Artha Sarokar

९ मंसिर २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ट्वीटर अर्थात एक्स, टेस्लासहितका दर्जनौँ चर्चित कम्पनीका मालिक एलन मस्क अहिले विश्वकै धनी व्यक्ति हुन् भन्ने सबैलाई थाहा छ । तर उनी अहिले विश्वकै धनी मात्र नभई अहिलेसम्मकै मानव इतिहासमै सबैभन्दा धनी व्यक्ति रहेको खुलासा भएको छ ।

विश्व प्रख्यात पत्रिका फोर्ब्सले मस्कको सम्पत्ति तीन खर्ब ३४ अर्ब ३० करोड अमरिकी डलर अर्थात ४४७ खर्ब ८२ अर्व ८० करोड माथि छ । यो सम्पत्तिसँगै मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्तिका रुपमा दर्ज भएका छन् ।

उनीसँग भएको सम्पत्ति भनेको नेपालको २५ बर्षको कुल बजेट भन्दा बढी हो ।

एलन मस्कको सम्पत्ति वृद्धि गर्नका लागि प्रमुख योगदान टेस्ला कम्पनीको छ, जसले इलेक्ट्रिक गाडी र ब्याट्री निर्माणमा विश्वस्तरमा अग्रणी भूमिका खेलेको छ । साथै, स्पेसएक्सले अन्तरिक्ष अन्वेषण र स्याटलाइट इन्टरनेट सेवा (स्टारलिंक) मार्फत विश्वव्यापी ध्यान तानिरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी