Skip to content
LAXMI SUNRISE BANK

बैकुण्ठ तालमा डुबेर सिए अर्जुन गौतमको निधन

अर्थ सरोकार

काठमाडौँ । चितवनमा तालमा डुबेर चार्टर्ड एकाउन्टेन्ट अर्जुन गौतमको निधन भएको छ । चितवनको बैकुण्ठ तालमा घुम्न भएका ३५ वर्षीय गौतमको तालमा डुबेर निधन भएको हो ।

ताल नजिकै रहेको ढुंगामा चढेर फोटो खिच्ने क्रममा चिप्लिएर उनी तालमा खसेका थिए । ताल गहिरो भएकाले र खासै पौडी नजानेको भएकाले उनी त्यही तालमा बेपत्ता भएका थिए ।

पछि विपद् व्यवस्थापन टोलिसहितको प्रहरी टोलीले उनको शव तालमा फेला पारेको हो । उनको शव तालको हिलोमा गडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

३२ वर्षीय गौतम भरतपुर महानगरपालिका-१६ शिवघाटका हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK