×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकहरुले सस्तैमा धमाधम बेच्न थाले घरजग्गा, डेपुटी गभर्नरको अभिव्यक्तिपछि बढ्यो रफ्तार !  

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बैंकहरुले सस्तैमा धमाधम बेच्न थाले घरजग्गा, डेपुटी गभर्नरको अभिव्यक्तिपछि बढ्यो रफ्तार !  

Artha Sarokar

२९ कार्तिक २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंकहरुले धमाधम आफ्ना सम्पत्ति बिक्री गर्न थालेका छन् । ऋणीले ऋण तिर्न नसकेपछि बैंकहरुले सकारेका सम्पत्ति धमाधम बिक्री गर्न थालेका हुन् । यसैबीच एनआईसी एशिया बैंकले आफ्नो नाममा भएको घरजग्गा बेच्ने भएको छ । बैंकले आफ्नो नाममा विभिन्न स्थानमा रहेको १ सय ७० वटा घरजग्गा बेच्ने भएको हो । 

बैंकका अनुसार झापा, नुवाकोट, नवलपरासी, चितवन, काठमाडौँ, दोलखा, ललितपुर, धनुषा, मोरङ र मकवानपुर जिल्लामा भएका घरजग्गा लिलामीमार्फत बिक्री गर्न लागिएको छ । बैंकको सम्पत्ति खरिदगर्न चाहनेले मंसिर ६ गतेसम्म बोलपत्र पेश गर्न सक्ने बैंकले जनाएको छ । 

त्यस्तै, एनआईसी एशियासँगै एनएमबि बैंकले पनि आफ्नो नाममा देशभरका ५ जिल्लाको १४ स्थानमा रहेका घरजग्गा बिक्री गर्न लागेको छ । एनएमबि बैंकले भने सुनसरी, मोरङ, सिराहा, दैलेख र रुपन्देहीमा बैंकको नाममा रहेका घरजग्गा लिलामीमार्फत बिक्री गर्न लागेको हो ।

एनएमबि बैंकको नाममा रहेको उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको १५ दिनभित्र बोलपत्र पेश गर्न सक्ने बैंकले जनाएको छ । 

त्यस्तै, केही दिनअघि नबिल बैंकले पनि आफ्नो नाममा रहेका घरजग्गा बिक्री गर्ने सूचना सार्वजनिक गरेको थियो । बैंकले देशभरका २५ जिल्लाको ९२ स्थानमा रहेका घरजग्गा बेच्न लागेको जनाएको थियो । बैंकका अनुसार बैंकले काठमाडौँ, भक्तपुर, ललितपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम) रुपन्देही, बाँके, सुर्खेत, बर्दिया, कैलाली, भोजपुर, दोलखा, काभ्रे, नुवाकोट र दार्चुलामा रहेका सम्पत्ति लिलामी बिक्रीमा राखेको थियो । 

यसो त नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक रिपोर्टमा बैंकहरुको गैर बैंकिङ सम्पत्ति बढिरहेको र यो विषय गम्भीर विषय भएको बताएका थिए । त्यसबेला उनले गैर बैंकिङ सम्पत्ति बढिरहेको विषयमा गम्भीर हुन जरुरी रहेको उल्लेख गरेका थिए । डेपुटी गभर्नर मिश्रको यस्तो अभिव्यक्तिपछि बैंकहरुले गैर बैंकिङ सम्पत्ति बिक्री गर्ने रफ्तार झनै बढाएको पाइएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी