काठमाडौँ । म्यानपावर व्यवसायीले अन्तराष्ट्रिय हवाई टिकटमा कालोबजारी भएको बताएका छन् । पत्रकार सम्मेलन गर्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले हवाई टिकटमा कालोबजारी भएको बताएको हो ।
संघले एयरलाइन्स कम्पनीको मिलेमतोमा टिकटको कृतिम अभाव देखाएर कालोबजारी गरिएको आरोप लगाएको छ ।
संघका अनुसार यसअघि सामान्य दिनमा ३० देखि ३५ हजार रुपैयाँमा पाइने हवाई टिकटको मूल्य हाल दोब्बर तेब्बरले बढाइएको संघले जनाएको छ । यसपालिको हवाई टिकट महँगिनुमा सरासर मिलेमतो र कालोबजारी भएको आरोप संघले लगाएको छ ।
अन्तराष्ट्रिय हवाई टिकटमा भएको महँगाइ नियन्त्रण गर्नुका साथै आवश्यक अध्ययन गरेर मलेसिया लगायतका देशमा कामदार पठाउनुका साथै जापान, इजरायल, कोरिया लगायत देशमा इजाजत प्राप्त संस्थाबाट कामदार पठाउन पाउने गरी कार्यविधि स्वीकृत गर्नसमेत संघले सरकारसँग माग गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्