Skip to content
LAXMI SUNRISE BANK

‘हवाई टिकटमा कालोबजारी भयो’- म्यानपावर व्यवसायी 

अर्थ सरोकार

काठमाडौँ । म्यानपावर व्यवसायीले अन्तराष्ट्रिय हवाई टिकटमा कालोबजारी भएको बताएका छन् । पत्रकार सम्मेलन गर्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले हवाई टिकटमा कालोबजारी भएको बताएको हो । 

संघले एयरलाइन्स कम्पनीको मिलेमतोमा टिकटको कृतिम अभाव देखाएर कालोबजारी गरिएको आरोप लगाएको छ । 

संघका अनुसार यसअघि सामान्य दिनमा ३० देखि ३५ हजार रुपैयाँमा पाइने हवाई टिकटको मूल्य हाल दोब्बर तेब्बरले बढाइएको संघले जनाएको छ । यसपालिको हवाई टिकट महँगिनुमा सरासर मिलेमतो र कालोबजारी भएको आरोप संघले लगाएको छ । 

अन्तराष्ट्रिय हवाई टिकटमा भएको महँगाइ नियन्त्रण गर्नुका साथै आवश्यक अध्ययन गरेर मलेसिया लगायतका देशमा कामदार पठाउनुका साथै जापान, इजरायल, कोरिया लगायत देशमा इजाजत प्राप्त संस्थाबाट कामदार पठाउन पाउने गरी कार्यविधि स्वीकृत गर्नसमेत संघले सरकारसँग माग गरेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK